सप्तकोशीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका ४८ ढोका खोलियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सप्तकोशीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका ४८ ढोका खोलियो

koshi bridge

विराटनगर, ६ साउन । अविरल बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । आज बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

कोशी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको सबैभन्दा बढी भएको जनाइएको छ । आज बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् ।

त्यसैगरी नारायणी नदीमा पनि पानीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजमा ४ लाख २८ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको जनाइएको छ ।

पानीको बहाव तीन लाख क्युसेक प्रतिसेकेन्ड पुगेपछि गण्डक बाँधमा खतराको सूचक मानिन्छ । पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । नारायणी नदीमा आएको बाढीको कारण पश्चिम नवलपरासीको सुस्तामा पानी पसेको छ ।

नदीमा पानीको सतह बढेपछि त्यस क्षेत्रका स्थानीयलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ । वर्षासंगै आएको बाढीका कारण तराइका विभिन्न जिल्लाका बस्तीहरु डुवानमा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);