नारायणीमा पानीको बहाब बढ्यो, गण्डक ब्यारेजको सबै ढोका खोलिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नारायणीमा पानीको बहाब बढ्यो, गण्डक ब्यारेजको सबै ढोका खोलिए

रुपन्देही, २९ साउन । नारायणी नदीमा पानीको उच्च बहाव बढेको छ । नारायणीमा बहाब बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।

पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ब्यारेजका ढोका खोलिएको जनाइएको छ । पानीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेज स्रोतले जर्नाएको छ । ब्यारेजका अनुसार अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ ।

गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ । नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);