अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्यो

sapta koshi nadi

काठमाडौं, ३१ असार । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।

पानीको वहाब बढेपछि कोशी ब्यारेजका ५२ मध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव बढेर दुई लाख १५ हजार ९ सय ७० क्युसेक प्रतिसेकेण्ड पुगेको छ । पानीको बहाव बढेका कारण ब्यारेजका २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि गएपछि खतराको संकेतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले भने कोशी ब्यारेजसँग पाँच लाख क्युसेक प्रतिसेकेण्ड पानी वग्ने क्षमता भएकाले रातो बत्ती बालिएपनि खतराको अवस्था नरहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);