सप्तकोशीमा पानीको बहाव बढेसँगै खतराको संकेत रातो बत्ती बालियो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सप्तकोशीमा पानीको बहाव बढेसँगै खतराको संकेत रातो बत्ती बालियो (फोटो फिचर)

सुनसरी । पूर्वी पडाडी भेगमा लगातार भईरहेको वर्षाले सप्तकोशी नदीमा पानीको वहाब बढेसँगै खतराको संकेत पार गरेको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । कोशीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ ।

सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा शनिबार बिहान ८ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव दुई लाख २२ हजार ७७५ क्यूसेक पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ । पानीको बहाव उच्च भएपछि ५६ मध्ये २९ ढोका खोलिएका छन् ।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको थियो ।

त्यतिबेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काँउदा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);