गड्डाचौकी हुँदै भारत जोड्ने बनबासाको पुल अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गड्डाचौकी हुँदै भारत जोड्ने बनबासाको पुल अवरुद्ध

कञ्चनपुर, १९ असार । नेपालको पश्चिमी नाका गड्डाचौकी हुँदै भारतको उत्तराखण्ड र उत्तरप्रदेश जोड्ने बनबासाको पुल अवरुद्ध भएको छ । अविर बर्षाका कारण सो पुल अवरुद्ध हुँदा नेपाल भारत आवात जावत गर्ने सवारी साधन अलपत्र भएका छन् ।

वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै गएकाले बनबासा पुल भएर आवतजावत गर्ने सवारी साधनलाई रोक लगाइएको हो । अत्याआवश्यक सवारी साधनलाई भने आवातजावतमा रोक लगाइएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);