ट्रकको ठक्करबाट नवलपरासीको पुल भासिदा सवारी आवागमन अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ट्रकको ठक्करबाट नवलपरासीको पुल भासिदा सवारी आवागमन अवरुद्ध

nawalparasi pool

काठमाडौं, २९ साउन । पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल भासिदा सवारी आवागमन अवरुद्ध भएको छ ।

पुल ट्रकको ठक्करका कारण भासिएको हो । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो । ट्रकले बायाँ साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनु भएको छ ।

पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ । आवागमनमा रोकिएपछि सयौं सवारी साधन तथा यात्रु जाममा फसेका छन् । साना सवारी साधन भने चलिरहेका छन् । प्रहरी निरीक्षक अधिकारीले पुलमा रहेको ट्रक हटाएर वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);