दाङमा छुटाछुटै २ सवारी दुर्घटनामा परि २ जनाको मृत्यु, एक गम्भिर घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा छुटाछुटै २ सवारी दुर्घटनामा परि २ जनाको मृत्यु, एक गम्भिर घाईते

दाङ, ११ चैत । दाङमा ट्रकको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ३ झिङ्नी बस्ने ४० बर्षीय विष्णु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधवार विहान करिब ८ बजेतिर घोराही–लमही सडक खण्ड अन्तरगत कटुवाखोला पुल नजिक सगरमाथा सिमेन्ट कारखाना गोग्ली दाङबाट सिमेन्ट लोड गरी घोराही तर्फ आउदै गरेको ना ५ ख २०६२ नम्बरको ट्रकले सोही दिशा तर्फ आउँदै गरेको साइकल यात्री चौधरीलाई ठक्कर दिदाँ चौधरीको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

चौधरीको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक राप्ती गाउँपालिका ६ बस्ने ५० बर्षीय प्रेम चौधरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको । त्यस्तै, रोकी राखेको ट्रकमा मोटरसाइकल ठोकिदाँ दाङका एक युवकको मृत्यु भएको छ, भने अर्का गम्भिर घाइते भएका छन् ।

बुधवार विहान करिब साढे २ बजे तिर घोराही उपमहाागरपालिका ७ जबरपुर स्थित भित्री सडक खण्डको सडकको साइडमा सिमेन्ट लोड गरी रोकी राखेको ना ४ ख ८३३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ट्रकको पछाडी ठोकीदा मोटरसाइकल चालक घोराही ५ बस्ने २१ बर्षीय रबिन डाँगी उपचारको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै,मोटरसाइकलमा पछााडी सवार सोही ठाउँका २२ बर्षीय सिरिन्ज भण्डारी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउको,मुख ,दुबै हात र छातीमा चोट लागेको छ । उनलाई थप उपचारका लागी बाँकेको कोहलपुर रिफर गरिएको प्रवक्ता रिजालले जानकारी दिनुभयो । प्रहरीले दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);