दाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

motercycle durghatana

दाङ । दाङमा स्कारपियो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा गाडी चालक घोराही उपमहानगरपालिका १३ का बिष्णु गिरी रहेको दाङ जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी मुकुन्द प्रशाद रिजालले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका ४ का ३५ बर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ बर्षीय बशन्त भण्डारी रहेको प्रहरीले जनाएको छ । उनीहरुको अहिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

गाडी चालक गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घोराही–कमेरेचौर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका ४ घोराही ओइरेनी भन्ने गएराति दुर्घटना भएपनि घटनाको बारेमा विहान जानकारी पछि प्रहरीले घाईतेहरुको उद्धार गरेको हो ।

रोल्पाको लिवाङबाट दाङको घोराही तर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कार्पियो सडकदेखि झन्डै ८ सय मिटर तर खसेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);