पर्सा जिल्ला मा १३३ जना नँया संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

पर्सा जिल्ला मा १३३ जना नँया संक्रमित थपिए

नितेश कर्ण
वीरगन्ज ।
पर्सा जिल्ला मा १३३ जना नँया संक्रमित थपिए सँगै एक जना ४० वर्षीय पुरुष को नारायणी अस्पतालमा मृत्यु भएको छ ।

वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर र एण्टिजेण्ट परीक्षणबाट पर्साका १३३ सहित १९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पर्साबाट संकलन गरिएको २८८ वटा नमूना स्वाबको नाराणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेण्ट परीक्षणमा पर्साका १३३, बाराका ४१, सर्लाहीका ७, रौतहटका ५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिए ।

त्यस्तै महोत्तरी, धनुषा, सप्तरी र बाँकेका नेपालगञ्जका एक एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताए । उहाँका अनुसार १७५ जनाको पीसीआर परीक्षणबाट र १५ जनाको एन्टिजेण्ट विधिबाट परीक्षण गर्दा १९० जनामा कारोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा ५ बर्षदेखि ७० बर्ष उमेर समूहका १३३ पुरुष र ५७ महिला रहेका छन् ।

त्यस्तै वीरगञ्ज महानगरपालिका १० का ४० बर्ष को पुरुष को राति ९:३० बजे मृत्यु भएको हाे । स्वास्थ्य मा समस्या आउन थाले पछि वैशाख १६ गते नारायणी अस्पताल मा भर्ना गरिएको थियो ।

वैशाख १३ गते अनलाईन स्वाव परिक्षण गर्दा उनमा कोभिड पोजेटिभ पुष्टि भएको र गम्भीर प्रकृतिका निमुनियाले उनको मृत्यु भएको नारायणी अस्पताल का कोभिड संयोजक डा. सरोज रोसन दास ले जनकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तवका अनुसार, कोरोना भाइरस संक्रमणको दोश्रो लहर शुरु भए यता गत चैत १५ देखि वैशाख २० सम्म पर्सा जिल्ला घर भएका १ हजार ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । यसमा १३३ जना नयाँ कोरोना संक्रमित थप भएको छ ।

श्रीवास्तवका अनुसार, वीरगन्जका विभिन्न अस्पतालमा हाल १ सय ६७ जना संक्रमित उपचाररत छन् । नारायणी अस्पतालमा ९३ जना , नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको कोभिड अस्थायी अस्पतालमा ३५ जना , बयोधा अस्पतालमा १६ जना , वीरगन्ज हेल्थ केयर हस्पिटलमा १५ जना र गण्डक हस्पिटलमा ८ जना संंक्रमित उपचाररत रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);