नारायणी अस्पतालमा १ सय ९२ परीक्षणमा १ सय ५१ संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नारायणी अस्पतालमा १ सय ९२ परीक्षणमा १ सय ५१ संक्रमित

नितेश कर्ण
पर्सा ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएका पछिल्लो परीक्षणअनुसार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित १ सय ९२ जनामध्ये १ सय ३२ जनाको आरटी पिसिआर र १९ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

जसअन्र्तगत पर्सा जिल्लाका एक सय ९, बाराका ३० , सर्लाहीका ७ र रौतहटका ५ मा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ वर्षदेखि ८८ वर्ष उमेर समूहका रहेका छन् ।

नारायणी अस्पतालका कोभिड १९ संयोजक डा. सरोजरोशन दासका अनुसार थपिएका संक्रमितहरुको सिटि भ्यालु १४ देखि ३४.९ सम्म रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);