रौतटहमा थपिए २६ संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

रौतटहमा थपिए २६ संक्रमित

Rautahat

राकेश यादव

रौतहट, १२ जेठ । रौतहट जिल्ला थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका राजपुर तथा ईशनाथ नगरपालिकाका १८ देखि २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

आज पुष्टि भएका सबै सम्बन्धित नगरपालिकाका क्वारेन्टीनमा बस्नेहरु रहेको स्थानिय प्रशासनले जानकारी दिएको छ । संक्रमित मध्ये २४ जना राजपुर र २ जना ईशनाथ नगरपालिकाका रहेका छन् । भारतका विभिन्न सहरमा हुँदै रौतहट आएका उनीहरुलाई सम्बन्धित पालिकाले क्वारेनटिनमा राखेर स्वाव परिक्षणको लागि पठाएको थियो ।

कुल १ सय २३ जनाको परिक्षणको नतिजा आएकोमा २६ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमति सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ र उनीहरुलाई राजपुर नगरपालिकाको स्वास्थ्य चौकीको आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको छ । यसअघि जिल्लामा पुष्टि भएका १८ जनालाई गौर नगरपालिका स्थित नर्सिङ्ग क्याम्पसको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

जिल्लाका तीन जना संक्रमितहरु बिरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार पश्चात निको भएर घर फर्किसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);