भक्तपुरमा कोरोना भाइरस संक्रमित डिस्चार्ज हुने क्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भक्तपुरमा कोरोना भाइरस संक्रमित डिस्चार्ज हुने क्रम बढ्यो

सुबास चौलागाई

भक्तपुर, ७ माघ । भक्तपुरका बुधबारसम्म ९ हजार ४ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ९ हजार ९१ जना उपचार पछी डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार भक्तपुरका ५ हजार एकसय १८ पुरुष र ३ हजार ९ सय ७३ महिला गरी ९ हजार ९१ जना उपचार पछी निको भएका हुन ।

कार्यालयका प्रमुख मिजारले यो समाचार तयार गर्दा सम्म दिनुभएको तथ्यांक अनुसार भक्तपुरका २ सय १३ जनामात्रै सक्रिय संक्रमित रहेका छन् । जस मध्ये एकसय १९ पुरुष र ९४ जना महिला रहेका छन् । सक्रिय संक्रमितमध्ये एकसय ९१ जना होम आइसोलेसनमा छन् । एकसय १२ पुरुष र ७९ महिला होम आइसोलेसनमा बस्दा ७ पुरुष र १५ महिला गरी २२ जनामात्रै अस्पताल तथा नगरपालिकाहरुले सञ्चालन गरेका आइसोलेसनमा बसेको कार्यालय प्रमुख मिजारले जानकारी दिनुभयो ।

प्रमुख मिजारका अनुसार भक्तपुर चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ५० पुरुष ३६ महिला गरी ८६ जना सक्रिय संक्रमित रहेका छन् । मध्यपुर थिमिपछि सूर्यविनायक नपामा ३४ महिला र ३५ पुरुष गरी ६९ सक्रिय संक्रमित रहेका छन् । यता भक्तपुर नगरपालिकामा १२ महिला र १० पुरुष गरी २२ जना तथा चाँगुनारायण नगरपालिकामा १० पुरुष र ५ महिला गरी १५ जना सक्रिय संक्रमित रहेका छन् ।

कार्यालयको तथ्यांकअनुसार भक्तपुरका ४ नगरपालिका मध्ये मध्यपुर थिमि नगरपालिकामा मात्रै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । मध्यपुर थिमि नगरपालिकामा एकहजार ९ सय २१ पुरुष र एकहजार ५ सय ५२ महिला गरी ३ हजार ४ सय ७३ जना संक्रमित पुगेका छन् । सूर्यविनायक नगरपालिकामा एकहजार ७ सय ५० पुरुष र एकहजार २ सय ८९ महिला गरी ३ हजार ३९ जनालाई संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुर नगरपालिकामा ९ सय ४० पुरुष र ८ सय ३५ महिला गरी एक हजार ७ सय ७५ जना र चाँगुनारायण नगरपालिकामा ५ सय ३० पुरुष र ३ सय २२ महिला गरी ८ सय ५२ जनालाई संक्रमण पुष्टि भएको छ । यसैबीच भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या एकसय २६ पुगेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ८१ पुरुष र ४५ महिला गरी एकसय २६ जनाको मृत्यु भएको हो ।

कार्यालयका प्रमुख मिजारले भक्तपुरका चार नगरपालिका मध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकाका ४५ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । जसमा पुरुष २९ र महिला १६ जना रहेको उहाले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);