समीक्षालाई अकालमै लग्यो कोरोनाले, चारदिनको बच्चाको विचल्ली (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

समीक्षालाई अकालमै लग्यो कोरोनाले, चारदिनको बच्चाको विचल्ली (भिडियोसहित)

दाङ, ७ माघ । समीक्षाको उमेर भर्खरै २० पुगेको थियो। उनी चार दिनकी सुत्केरी थिईन। तर कोरोनाले उनलाई आफ्नो बच्चा हुर्काउने र काखमा खेलाउने धोको पुरा हुन दिएन। चार दिनको सन्तानबाट कोरोनाले उनलाई सधैका लागि खोस्यो ।

चार बर्षको बच्चालाई अब नत आमाको अनुहारको आकृति थाहा हुने छ। उनी अब केवल हजुरआमको काखमा हुर्किने द्धन् ।समिक्षा केसीको कोरोना संक्रमणका कारण बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा गत कात्तिक २० गते निधन भएको थियो। । बच्चा जन्माएको ४ दिनपछि उनको मृत्यु भएपछि अहिले बच्चा र परिवारले निकै दुख पाएका छन् । ‘सानो बच्चा कसरी हुर्काउने हो । रोएर रातभर सुत्न पाइदैन्’ ।

मृतककी सासु आमा सुशिला केसी यसरी बताउनु हुन्छ । बुहारीको मृत्यु भएपछि पनि काज किरिया गर्दा गाउँ घरका कोहि पनि आएनन् । कोरोनाका कारण मृत्यु भएको घरमा १ बर्ष सम्म डर हुने भन्दै समाजमा अहिले पनि कुरा हुने गरेको उहाँले बताउनुभयो ।समीक्षा कात्तिक १६ गते प्रसुती सेवा लिनका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनले १७ गते बच्चालाई जन्म दिएकी थिइन्। त्यसपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। आशंका लागेर पिसीआर परीक्षण गर्दा उनलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई अक्सिजन र एन्टिबायोटिक सहित उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार दिउँसो ३ : २० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको थियो । तर मृतकका आफन्तले भने सउनको कोरोनाको कारण मृत्यु नै भएको हो भनेर अझै स्विकार गर्न मान्दैन् । मृतकलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको उनीहरुको भनाइ छ ।

रुघाखोकी, ज्वरो कुनै पनि लक्षण नभएका ब्यक्ति नै कोरोना संक्रमणबाट मृत्यु भएको भन्दा त्यो अस्पतालको लापरबाहीका कारण नै मृत्यु भएको मृतककी काकी पुजा केसीले बताउनुभयो ‘ हामीलाई हाम्रो मान्छे कोरोना संक्रमणबाट मृत्यु भएको हो भन्ने लाग्दैन्,’ उहाँले भन्नुभयो,‘ तर, अस्पतालले कोरोनाको कारण मृत्यु भनेर घोषणा गरेपछि हामीले त स्विकार गर्नु नै पर्याे ।’

काम काज गर्नको लागि समेत गाउँमा मान्छेहरुले पण्डितलाई समेत घरमा आउन नदिएको उहाँले दुखेसो पोख्नु भयो । बुहारीको उपचार लगाएत काजकिरिया गर्दा सम्म करिब ३ लाख खर्च लागेको समेत उहाँले बताउनुभयो ।यता तुलसीपुर उपमहानगरपालिकाले भने पीडितका परिवारलाई सहयोग गरिरहेको जनाएको छ ।

उपमहानगरका जनस्वास्थ्य निरीक्षक एवं कोरोना फोकल पर्सन विमल केसीले मृतक केसीको बच्चा अहिले स्वस्थ अवस्थामा रहेको र विभिन्न संघसंस्थाहरु मार्फत उहाँका परिवारलाई आर्थिक सहयोग गरिएको समेत उहाँले बताउनुभयो । कोरोना संक्रमणबाट उपमहानगरपालिकामा हाल सम्म २० जना ब्यक्तिहरुको मृत्यु भएको समेत उहाँले बताउनुभयो । मृतकहरु पनि २० बर्षदेखि ८३ बर्ष उम्मेरका रहेको उहाँले बताउनुभयो ।

त्यस्तै वडा कार्यालयले भने पीडित परिवारलाई आफुहरु सहयोग गर्न तयार रहेको जनाएको छ । वडा नं. १० का वडाध्यक्ष कुमार लामिछानेले पीडितहरुको आर्थिक अवस्था हेरेर बच्चाको शिक्षा दिक्षाको लागि सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यसैगरी उहाँले पिडितको घरमा वडासदस्य सहितको टोलि पठाएर बच्चाको स्वास्थ्य अवस्था बुझेको समेत बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);