पाँच जनाको निस्सासिएर मृत्यु प्रकरण : शोकमा डुब्यो नल्लु गाउँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाँच जनाको निस्सासिएर मृत्यु प्रकरण : शोकमा डुब्यो नल्लु गाउँ

ललितपुर । एकै परिवारको पाँच जनाको निस्सासिएर मृत्युपछि ललितपुरस्थित कोन्ज्योसोम–४ को नल्लु गाँउ शोकमा डुबेको छ । ललितपुरको महलक्ष्मीस्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा मृतक परिवारका भाइ सोनाम स्याङ्तान निराश अवस्थामा भेटिए । उनले भने, ‘यस्तो घटना जीवनमा कहिल्यै देखेको सुनेको थिइँन । आज आफँैले भोग्दा सपनाजस्तो लागिरहेको छ ।’

१० महिनाअघि प्रेम विवाह गरेका स्थानीय सुवास स्याङ्तानलाई श्रीमती र नवजात शिशुसहित परिवारका सबै सदस्यको मृत्यु भएको खबर कसरी सुनाउने भन्ने चिन्ता लागेको उनी बताउँछन् । भक्कानिँदै उनी भन्छन्, ‘दाजुभाउजु विदेश हुनुहुन्छ । छोरा छोरीसहित परिवार नै छैनन् भन्ने सुन्दा उहाँहरुलाई कस्तो भयो होला । म सोच्न पनि सक्दिनँ ।’

अस्पतालमा भाइ कुरिरहेका रोज स्याङ्तानले भाइ सुवास भर्खर गाडी सिक्दै गरेको बताए । ‘सामान्य तामाङ परिवारमा जन्मिएको सुवास अभागी रहेछ,’ आँखामा आँशु पिलपिल पार्दै रोजले भने ।घटना सुनेलगत्तै अस्पताल आएका उनलाई अहिले कुनै काम गरौं जस्तो लाग्दैन । भन्छन्, ‘संसार केही रहेनछ ।’ 

दक्षिण ललितपुरको पहाडी क्षेत्रमा पर्ने नल्लु सदरमुकामबाट झण्डै ४० किलोमिटर टाडा पर्छ । गाँउको पाखोबारीमा तोरी मकै खेती गर्ने स्याङ्तान परिवारका जेठो छोरा विक्रम चार वर्षदेखि दुबईमा थिए । उनकी श्रीमती सृजना करिब एक वर्षअघि दुई छोराछोरीलाई परिवारलाई जिम्मा लगाएर दुबई गएकी थिइन् । 

उनका भाइ सुवास भने धेरैजसो काठमाडौंमा बस्थे । श्रीमती सुष्मा सुत्केरी भएपछि स्याहार गर्न उनी गाँउ बस्न थालेका थिए । साँझ खाना खाएपछि सुभासका दाइ विष्णु स्याङ्तान भूकम्पको बेला बनाइएको टहरामा सुत्न गएका कारण बाँचेका थिए । उनी बिहानै उठेर काममा गए । घरमा यस्तो घटना भएको पत्तै पाएनन् ।

सुवासको आंशिक होस खुल्यो

निसास्सिएपछि अचेत भएका सुवास स्याङ्तानको आंशिक होस खुलेको छ । उनको उपचारमा संलग्न डाक्टरका अनुसार केही होस खुलेको भए पनि उनी खतराबाट बाहिर नरहेको बताए ।  
अस्पतालमै रहेका रोज स्याङ्तानले आफूलाई सुवासले चिनेको बताए । उनले भने, ‘उसले मेरो नाम लियो अनि निदाइ हाल्यो ।’ उनलाई गणेशमान स्मृति अस्पताल महालक्ष्मीको सघन उपचार कक्ष (आईसीयु)मा राखेर उपचार भइरहेको छ । 

घटनामा सुवासकी ५५ वर्षीय आमा काइँली तामाङ, उनकी श्रीमती सुष्मा स्याङ्तान, नवजात शिशु, भातिजा आशिष र भतिजी आश्माले निस्सासिएर ज्यान गुमाएका थिए । साँझ सुत्केरी सुष्माले बच्चा सेकेर मकलमा कोइला बालेर छोडेकी थिइन् । झ्याल ढोका बन्द भएको अवस्थामा अक्सिजनको मात्रा कम भएर त्यस कोठामा सुतेका सबै निसास्एिका थिए । प्रहरीका अनुसार भर्खर जन्मेका सुवासको बच्चा र उनी मात्रै जिवित थिए । अस्पताल ल्याउने क्रममा बाटोमै शिशुको मृत्य ुभएको थियो भने सुवासको अवस्था अझै नाजुक छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);