काठमाडौंमा एकै परिवारका पाँच जनाद्वारा सामूहिक आत्महत्याको प्रयास, एकको मृत्यु चार जना अचेत  | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौंमा एकै परिवारका पाँच जनाद्वारा सामूहिक आत्महत्याको प्रयास, एकको मृत्यु चार जना अचेत 

काठमाडौं । राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेका छन् । काठमाडौंको रामकोट नगरपालिका–६ स्थित एक घरमा सामूहिक विष सेवन गर्नेमध्ये एक जनाको मृत्यु भइसकेको छ भने चार जना अचेत अवस्थामा रहेका छन् । 

अचेत अवस्थामा रहेका चार जनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले न्युज कारखानालाई बताए । 

‘गएरातिको घटना हो । विष सेवन गर्ने पाँच जनामध्ये एक जनाको मृत्यु भइसकेको छ । चार जनाको मनमोहन अस्पतालमा उपचार चलिरहेको छ । सबै अचेत अवस्था हुनुहुन्छ र स्वास्थ्य अवस्था गम्भिर छ,’ प्रवक्ता राठौरले भने । 

अचेत अवस्थामा रहेकाहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले जनाए । उपचार हुनेहरुमा इन्दिरामाया प्रधान, भिम प्रधान, मन्दिरा डंगोल र सुप्रेणा प्रधान रहेका छन् ।काठमाडौंको डल्लुमा स्थायी ठेगाना भएका उनीहरु नागार्जुन नगरपालिका–६ रामकोटमा एक जनाको घरमा डेरागरी बस्दै आएका थिए । उनीहरुको कोठाबाट विषको बट्टा र सुसाइट नोट समेत फेला परेको प्रहरीले जनाएको छ । 

सुसाइट नोटमा आर्थिक अवस्था विग्रेका कारण आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ । ‘घटनाका विषयमा अनुसन्धान चलिरहेको छ । अहिले यही हो भन्न सक्ने अवस्था छैन,’ प्रवक्ता राठौरले भने । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);