काठमाडौं, ६ मंसिर । पोेखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ । नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी तनहुँ भिमादकी ३८ वर्षीय शुकु विकको मृत्यु भएको हो । उनी युनिक होटलमा मंगलबार साझ अचेत अवस्थामा फेला परेकी थिइन् ।
उनी २ वर्षदेखि सोही स्थानकै शिला रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन् । अचेत अवस्थामा भेटिएकी विकलाई पोखराको चरक अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा हिजो साझ मृत्यु भएको प्रहरीले जनाएको छ । विकको मृत्यु शकांस्पद रहेको बुझिएको छ ।
प्रहरीका अनुसार विक र एक पुरुष मंगलबार दिउँसो होटलमा प्रवेश गरेका थिए । केही बेरमै पुरुष बाहिरीएको थिए भने महिला साझसम्म ननिस्किएपछि होटल सञ्चालकले खोजी गरेका थिए । खोजी गर्दा उनी अचेत अवस्थामा थिइन् । विकको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने अनुसन्धानका लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




