बेवारिसे अवस्थामा फेला परेकी महिलाको मूत्यू | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेवारिसे अवस्थामा फेला परेकी महिलाको मूत्यू

इलाम । इलाममा आइतबार बेबारिसे अवस्थामा फेला परेकी एक महिलाको सोमबार मृत्यू भएको छ । इलाम चुलाचुली गाउँपालिका ५ चपेटी दुधे खोलाको बगरमा अचेत अवस्थामा फेला परेकी महिलालाई उपचारको लागि दमक लगिएको थियो । उनको आज मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

करिव ४५ वर्षकी महिला हेर्दा तराई मुलकी हुन सक्ने भएपनि पहिचान भने खुलेको छैन । अचेत अवस्थामा सुतिरहेको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी पेल्टीमारीबाट प्रहरी नायव निरीक्षकको टोली र स्थानीय खटिगई निजलाई दमक अस्पताल झापामा उपचारका लागि लगिएको थियो ।

उनको आज बिहान मृत्यू भए पनि कोही आफन्त नआएको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायव निरिक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

उनको शव हाल अस्पतालकै शव गृहमा राखिएको छ । कसैले परिवार चिने र मृतक महिलाको बारे थाहा पाए नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);