उच्च अदालतकी एक कर्मचारी मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

उच्च अदालतकी एक कर्मचारी मृत अवस्थामा फेला

इलाम । इलाममा एक महिला मृत अवस्थामा फेला परेकी छन् । उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यरत बिमला देबी पराजुली मृत अवस्गथामा फेला परेकी हुन् ।

उहाँ आज बिहान अदालत कम्पाउण्ड भित्र मृत अवस्थामा फेला परेको इलामका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोलुखोम्बु घर भएकी उहाँ यहाँ कार्यालय सहयोगी पदमा काम गर्दै आएकी थिईन ।

पराजुली बस्ने घर बाहिर बलेँसीमा शब फेला परेको छ । कसरी र के कारणले यस्तो भयो भन्ने अझै पुष्टि हुन सकेको छैन ।

घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको उपरिक्षक श्रेष्ठले बताए । थप अनुसन्धानका लागि कुकुर मगाइएको समेत उनले बताए ।

घटनाको थप अनुसन्धान हुन बाँकी रहेको समेत प्रहरी उपरिक्षक श्रेष्ठले बताए । उनका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान गराईरहको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);