नेपाललाई अझै खोप सहयोग गर्ने चिनियाँ राजदूत यान्छीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाललाई अझै खोप सहयोग गर्ने चिनियाँ राजदूत यान्छीको प्रतिबद्धता

काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोपमा थप सहयोग गर्ने प्रद्धिबद्धता जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार बिहान भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै महामारी नियन्त्रणमा चीनले सँधै नेपालको साथमा रहेको उल्लेख गर्दै चीनले थप खोप सहयोग गर्ने बताएकी हुन् ।

चीनले हालसम्म चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोपको १८ लाख डोज अनुदान स्वरुप प्रदान गरिसकेको छ । त्यसैगरी पछिल्लो पटक नेपालले ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । जसमध्ये ८ लाख डोज खोप नेपाल आइपुगी सकेको उल्लेख गर्दै राजदूत यान्छीले चीनबाट थप खोप आउने बताईन् ।

यस खोप खरिद प्रक्रियामा खोपको मूल्यका विषयमा सोधिएको प्रश्नमा भने राजदूत यान्छीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालसँग खोप सहकार्य गरिएको बताए । सोही खोप सहकार्यमा नै अन्य १ सय मुलुकहरुमा पनि खोप बिक्री भएको उनले उल्लेख गरिन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);