नेपाल आईपुग्यो भेरोसेलको थप १० लाख डोज खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल आईपुग्यो भेरोसेलको थप १० लाख डोज खोप

काठमाडौं । कोरोनाविरुद्धको खोप भेरोसेलको थप १० लाख डोज खोप काठमाडाैं आइपुगेको छ । १० लाख खोप लिएर आएको नेपाल वायु सेवा निगमको जहाज दिउँसो २ः१५ तिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा अवतरण गरेको हो । नेपाल सरकारले चीनसँग खरिद सम्झौता गरेको ४० लाख डोज खोपमध्ये हाल १० लाख डोज आईपुगेको हो ।

यसअघि ८ लाख डोज पनि आईसकेको छ । यसरी नेपाल सरकारले खरिद गरेको ४० लाख डोज भेरोसेलमध्ये २२ लाख डोज खोप आउन बाँकी रहेको छ । थप १० लाख खोप ल्याउन निगमको जहाज आज राति नै बेइजिङ उड्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।

चीनले हालसम्मे १८ लाख डोज भेरोसेल खोप अनुदान स्वरुप प्रदान गरिसकेको छ भने अझै थप खोप सहयोग गर्ने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);