नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडाैँ । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो । बिहीबार दिउँसो ३ः२५ मा खोप लिनका लागि त्रिभुवन विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० विमान खोप लिएर नेपाल आइपुगेको हो ।

८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । आजदेखि साउन ८ गतेसम्म तीन उडानमार्फत खोप ल्याउने कार्यतालिका रहेको छ ।

त्यसै गरी दोस्रो खेप खोप लिन नेपाल एयरलाइन्सकै विमान आज नै बेइजिङ जाने कार्यतालिका रहेको छ भने १५ जुलाईमा तेस्रो, १६ जुलाईमा चौथो, २२ जुलाईमा पाँचौं र २३ जुलाईमा छैटौं खेप खोप ल्याइने छ ।

अबको खोप ६० वर्षमुनीकालाई प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);