चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोप नेपाल ल्याउन आजदेखि तीन उडान हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोप नेपाल ल्याउन आजदेखि तीन उडान हुने

काठमाडाैँ । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोप नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ ।

नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आज आजदेखि आगामी साउन ८ गतेसम्म तीन वटा उडानमार्फत खोप ल्याउन लागिएको हो । जिटुजी मार्फत चीनबाट ल्याउन लागिएको भेरोसेल खोप ल्याउनका लागि जहाज आज त्यसतर्फ जाने र शुक्रबार पहिलो खेप खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । चीनबाट ठूलो परिमाणमा खोप आउने तर कति आउँछ भन्ने एकिन नभएको मन्त्रालयको भनाई छ ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);