जुम्लामा ११ के.भी. राष्ट्रिय प्रसारण लाइनको परिक्षण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जुम्लामा ११ के.भी. राष्ट्रिय प्रसारण लाइनको परिक्षण हुँदै

जुम्ला । जुम्ला जिल्लाको बहुप्रतिक्षित ११ के.भी. लाइनको भोली शनिबार परिक्षण गरिने भएको छ ।

यसअघि असार २० गतेको लागी तयारी भए पनी संरचना निर्माण पूरा नभएकोले केही दिन सरेको थियो । 

राष्ट्रिय प्रसारण लाइनको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेपछी परिक्षण गर्न लागीएको एक सुचना मार्फत नेपाल विधुत प्राधिकरण जुम्ला वितरण केन्द्रले जानकारी दिएको हो । 

उक्त ११ के.भी. लाइन मिचा, उम्गाड, लाम्रा, धौलापनी, बाबिरा, तातोपानी, लिताकोट, राका, कुडारी, त्रीवेणी, रारालिही हुँदै नाग्मघाढ सम्म निर्माण गरिएका संरचनामा विधुत प्रवाह गरि परिक्षण गरिने भएको हो ।  

सो दिन विद्युतीय संरचनाहरुको नजिक नजानहुन, पोल तथा स्टे सेट नछुन नेपाल विद्युत प्राधिकरणले जानकारी गराएको छ ।

साथै समयमा कोहि कसैले विद्युतीय संरचनामा क्षति पुगेको एवम् टुटफुट भएको देखेमा वा पड्किएको आवाज सुनेमा तत्काल जानकारी सम्पुर्ण स्थानियमा गराउन अनुरोध गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);