चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आउँदै

काठमाडाैं । चीनबाट आज कोरोनाविरुद्धको खोप आउँदैछ ।

चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख डोज खोप आज दिउँसो २ बजे नेपाल आउन लागेको हो । नेपाल वायुसेवा निगमको विमानले ८ लाख खोप नेपाल ल्याउनेछ ।

यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका तय भएको बताइएको छ । यो खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने भएको छ ।

साथै राजधानी उपत्यकासहित यथासक्य छिटो देशभर पुर्याएर लगाउन सुरु गरिने समेत बताइएको छ । यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्ष उमेर समूहलाई दिएको थियो ।

यही खोपको पहिलो मात्रा लगाएका करिब ९ लाख ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप लगाउने समय भएपनि लगाउन पाइएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);