चीन सरकारले दिएको कोरोना भाइरसविरुद्धको खोप आगामी जेठ २५ गतेदेखि लगाउन सुरु गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

चीन सरकारले दिएको कोरोना भाइरसविरुद्धको खोप आगामी जेठ २५ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आगामी जेठ २५ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने भएको हो ।

खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्ने समेत बताइएको छ । चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो ।

चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको थियो भने बाँकी एक लाख डोज आज आइपुग्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनफिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);