कोरोनाविरुद्धको चिनियाँ खोप खरिदका लागि तत्काल प्रक्रिया थालिने | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कोरोनाविरुद्धको चिनियाँ खोप खरिदका लागि तत्काल प्रक्रिया थालिने

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप खरिदका लागि नेपालले तत्काल प्रक्रिया थाल्ने भएको छ ।

कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप किन्न लागेको जानकारी दिएको बताइएको छ ।

बैठकमा तत्कालका लागि सिनोर्फमसँग १० लाख डोज खोप खरिद गरिने र पछि ३० लाख डोज खोप ल्याउने तयारी गरिएको बताइएको छ । सुरुमा ल्याइने १० लाख डोज खोप यही साउनबाट नै लगाउन सुरु गर्ने गरी ल्याइने छ ।

हालसम्म चीनले नेपाललाइ सिनोफर्म कम्पनीले उत्पादन गरेको १८ लाख डोज खोप अनुदान स्वरुप उपलब्ध गराईसकेको छ ।

पछिल्लो पटक राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चीनले नेपाललाई १० लाख भेरोसेल खोप अनुदान स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);