नेपाललाई १० लाख डोज खोप दिने चीन सरकारको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपाललाई १० लाख डोज खोप दिने चीन सरकारको घोषणा

bidhya-and-xi-zing-ping-china-nepal

काठमाडौं । चीन सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीच भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

चिनियाँ राष्ट्रपति सीसँग बुधबार दिउँसो भएको टेलिफोन संवादमा राष्ट्रपति भण्डारीले खोप खरिदका लागि सहयोग गर्न आग्रह गरेलगतै चिन सरकारले नेपाललाई उक्त अनुदानको खाप उपलब्ध गराउने भएको हो ।

नेपाल चिनबीचको संवादको क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाल परापूर्वकालदेखि मित्र देश भएकाले महत्वका साथ सधै सहयोग गर्न तत्पर रहेको समत जानकारी गराएका थिए ।

यो पनि पढ्नुहोस

राष्ट्रपति भण्डारीद्वारा काेराेना विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षीसंग आग्रह

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);