वर्तमान सरकार सत्ता कब्जा गर्ने खेलमा उद्धत्त देखियो : संविधान निगरानी समूह | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

वर्तमान सरकार सत्ता कब्जा गर्ने खेलमा उद्धत्त देखियो : संविधान निगरानी समूह

काठमाडौं । संविधान निगरानी समूहले महामारीको समयमा सत्ता प्राप्तिका लागि राजनीतिकका नाममा अराजक गविविधि बढ्दो क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

बुधवार एक विज्ञप्तिमार्फत संविधान निगरानी समूहले संसद विघटनबाट संवैधानिक पद्धति, संसदीय प्रजातन्त्र र न्यायिक पद्धतिको कार्यान्वयनमा गम्भीर अवरोध आएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्की पूर्वगभर्नर हिमालयशम्शेर जबरासहितको समूहले कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा देखिएको विकराल अवस्थालाई बिलौना गर्दे संसद भङ्गगतर्फ उदत्त हनुले न्यायाक्षेत्रमा गम्भीर हमला भएको निश्कर्ष निकालेका छन् ।

यसअघि भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनस्र्थापना भएपछि त्यसको सम्मान गर्दै संसदीय प्रणालीको लाभदायक उपयोग गर्नुको बदला उपेक्षा गर्दै संसद पुनस्र्थापना गर्ने न्यायिक निर्णयको औचित्य नै विस्थापित पार्ने गरी रणनीतिक सोच राख्नु कानुनी राज्यको सिद्धान्त विपरीत हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply