सरकारको कामलाई नियन्त्रण नगर्न सभामुख महराको संसदीय समितिलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारको कामलाई नियन्त्रण नगर्न सभामुख महराको संसदीय समितिलाई आग्रह

sabhamukh mahara

काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई आग्रह गर्नुभएको छ । सोमबार संघीय संसद सचिवालयले राजधानीमा आयोजना गरेको संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्नु पर्ने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय समितिहरुले अप्ठयारोमा पार्ने गर्ने गरेको गुनासो आफूसंग गर्नुभएको भन्दै त्यसो नगर्न सांसद र संसदीय समितिहरुको ध्यानाकर्षण पनि गराउनु भयो । सभामुख महराले संसदीय समितिहरुले सरकारलाई नियन्त्रण नभई सरकारलाई ठिक बाटोमा लैजान संविधान, नियम र कानुन अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

उहाँले संविधानको अध्ययन गरेर सो अनुसार कानुन, ऐन , निर्देशिका निर्माण भए÷नभएको निगरानी राख्न पनि सांसदहरुलाई निर्देशन दिनु भयो ।कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले संसदलाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);