एउटै विषयमा छुट्टाछुट्टै निर्देशन नदिन संसदीय समितिलाई सभामुखको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एउटै विषयमा छुट्टाछुट्टै निर्देशन नदिन संसदीय समितिलाई सभामुखको आग्रह

काठमाडौं, ६ मंसिर । सभामुख कृष्णबहादुर महराले सरकारलाई एउटै विषयमा छुट्टाछुट्टै निर्देशन नदिन संसदीय समितिहरुलाई सचेत गराएका छन् ।

प्रतिनिधिसभा अन्तरगतको १० वटै विषयगत समितिका सभापतिहरुलाई बिहीबार सिंहदरबारमा बोलाएर सभामुख महराले एउटै विषयमा सरकारलाई छुट्टाछुट्टै निर्देशन नदिन सचेत गराएका हुन् ।

त्यस अवसरमा उनले एउटै विषयमा सरकारलाई निर्देशन दिनु परे संयुक्त बैठक बस्न पनि संसदीय समितिहरुलाई आग्रह गरेका छन् । एउटै विषयमा समितिहरुले छुट्टाछुट्टै निर्देशन सरकारलाई दिनुपर्ने आवश्यक्ता नरहेको सभामुख महराको भनाई थियो ।

संघीय संसदको अधिवेशन छिट्टै बोलाउने तयारी

यसैबीच, संघीय संसदको अधिवेशन छिट्टै बोलाउने तयारी गरिएको छ । सभामुख महराले संसदको अधिवेशन तत्काल बोलाउने गरी सरकारसँग आवश्यक छलफल गर्न लागिएको जानकारी दिए ।

उनले संसदीय समितिका सभापतिहरुसँगको भेटमा संविधानसँग बाँझिएका सबै कानुन खारेज गरी नयाँ व्यवस्था गर्नुपर्ने भएकाले संसद बैठक बोलाउन ढिलाई नहुने योजना सार्वजनिक गरे ।

सभामुख महराले कानुन निर्माणको काममा केन्द्रित हुन पनि सांसदहरुलाई आह्वान गरे । त्यसैगरी संसदीय समितिहरुको कार्यालय व्यवस्थापन र जनशक्ति व्यवस्थापन गर्ने विषयमा पनि सभामुखले आफूहरुसँग छलफल गरेको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकमा समितिका सभापतिहरुले आ–आफ्ना समितिको काम कार्वाही र त्यसमा देखिएका समस्याबारे सभामुख महरालाई जानकारी गराएका थिए । बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई लगायतका पदाधिकारी पनि सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);