विप्लवको आमसभालाई सरकारको निगरानी, संविधान विपरित भए रोकिन सक्ने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

विप्लवको आमसभालाई सरकारको निगरानी, संविधान विपरित भए रोकिन सक्ने

biplob

काठमाडौं, ७ मंसिर । अर्घभुमिगत नेत्रविक्रम चन्द समहुले शनिबार गर्न लागेको आमसभाप्रति सुरक्षा निकायले चासो दिँदै निगरानी सुरु गरेका छन् ।

सरकारले वार्ता टोली गठन गरेपछि सो समहुप्रति नरम बनेको भए पनि वार्तामा बस्न आनाकानी गर्दा शनिबार हुने आमसभालाई सुरक्षा निकायले चासो व्यक्त गरेका हुन् ।

सरकारी सुरक्षा अंगले संविधान दिएको अधिकारअनुसार सभा गर्दा कहीँ कतै अवरोध नहुने तर संविधानले दिएको अधिकारअनुसार सभा गर्दा आमसभा नै गर्न नहुने तर संविधानविपरित भए आमसभा नै गर्न नदिने तयारी गरिरहेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

विप्लव समुहले मंसिर ८ मा काठमाडौंभित्र आमसभा गर्न भारतको राजधानी दिल्लीमा प्रचारप्रसार गरेदेखि नै सुरक्षा निकायले चासो व्यक्त गर्दै आएको छ ।