स्थायी समिति बैठक बोलाउने नेकपाकाे निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्थायी समिति बैठक बोलाउने नेकपाकाे निर्णय

काठमाडौं, ६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकीकरणको कामबारे आवश्यक निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले सांगठनिक एकीकरण र पार्टी केन्द्रिय सदस्यहरुको कामको बाँडफाँडका लागि आवश्यक निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्य दलले तयार पारेको संगठन एकीकरण र पार्टी केन्द्रिय सदस्यको जिम्मेवारी बाँडफाँडसम्बन्धि प्रस्ताव पेश गरिएको थियो । सो प्रस्तावलाई अन्तिम रुप दिन भोली शुक्रबार पुनः सचिवालयको बैठक बोलाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको दुई सदस्यीय कार्य दलले सांगठनिक एकीकरण र पार्टी केन्द्रिय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका लागि प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव सचिवालय बैठकमा पेश गरिएको हो ।

बैठकमा केन्द्रिय कार्य समितिको बैठक बोलाउन असन्तुष्ट केन्द्रिय सदस्यहरुले गरेको मागका विषयमा पनि छलफल गरिएको थियो । २२ जना केन्द्रिय सदस्यहरुले केन्द्रिय कार्य समिति बैठक बोलाउन माग गर्नु भएको विषयलाई पनि भोलीको सचिवालय बैठकमा ऐजन्डा बनाएर छलफल गर्ने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);