सांगठनिक एकीकरणको मापदण्डका विषयमा नेकपामा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सांगठनिक एकीकरणको मापदण्डका विषयमा नेकपामा छलफल

काठमाडाैं, २७ भदाै । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सांगठनिक एकीकरणसम्बन्धि मापदण्डका विषयमा छलफल सुरु भएको छ ।

बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणको मापदण्डका विषयमा औपचारिक छलफल सुरु गरिएको हो । महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक एकीकरणसम्बन्धि मापदण्डका विषयमा औंपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा महासचिव पौडेलले पार्टी एकीकरणसम्बन्धि कार्य दलले तयार पारेको सुझावसहितको प्रतिवेदन पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई बुझाएका छन् ।

पार्टीको सांगठनिक एकीकरणको काममा सहमति जुटाउन भोली बिहीबार अपरान्ह ३ बजे पुनः सचिवालय बैठक बोलाइएको छ । सोही बैठकमा पार्टीको प्रदेश कमिटीसहितको सांगठनिक एकीकरणको बारेमा टुंगो लगाउने तयारी सचिवालयको छ ।

सचिवालयले टुंगो लगाएको पार्टीको सांगठनिक एकीकरणसम्बन्धि सहमतिलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने निर्णय पनि बैठकमा गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);