डा. केसीलाई अनसन तोड्न नेकपा सचिवालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डा. केसीलाई अनसन तोड्न नेकपा सचिवालयको आग्रह

काठमाडौं, २० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औं अनसन बस्नु भएका केहीको अधिकांश माग पुरा भएको र केही पुरा हुने क्रममा रहेकाले अनसन तोड्न नेकपा सचिवालय आग्रह गरेको हो ।

अहिले कोरोनाले देशलाई अफ्ठ्यारो पारेको अवस्थामा कोरोना नियन्त्रण र रोकथाममा सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्ने भएकाले छलफल गर्नुपर्न अन्य विषयमा छलफल गर्न सकिने उहाँले बताउनुभयो । सांगठनिक एकीकरणको विषयमा पनि अध्यक्षद्वयबीच गृहकार्य जारी रहेको उहाँले बताउनुभयो ।

त्यस्तै बैठकमा संवैधानिक नियुक्ति र राजनीतिक नियुक्तिका विषयमा छलफल भएको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि नेकपाका नेताहरु असन्तुष्ट थिए ।

प्रधानमन्त्री ओलीले तीन देशका लागि एकलौटी ढंगबाट राजदूत नियुक्त गरेको आरोप नेताहरुले लगाएपनि सचिवालय बैठकमा भने सामान्य छलफल मात्रै भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । राजदूत नियुक्तिका विषयमा सामान्य छलफल भएपनि त्यस्ता निर्णयहरु गर्दा सरकारलाई सुझाव दिने विषयमा अर्को बैठकमा छलफल हुने उहँले बताउनुभयो ।

मन्त्रिपरिषद हेरफेरको विषयमा आज कुनै पनि छलफल नभएको उहाँले बताउनुभयो । यसअघि बसेको सचिवालय बैठकले शैद्धान्तिक र नीतिगत रुपमा छलफल गरेपनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको गृहकार्य जारी रहेकाले आज कुनै छलफल नभएको उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);