अनसन तोड्न डा. केसीलाई पूर्व राष्ट्रपति यादवको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अनसन तोड्न डा. केसीलाई पूर्व राष्ट्रपति यादवको आग्रह

काठमाडौं, १८ माघ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले डा. गोविन्द केसीलाई आमरण अनसन तोड्न आग्रह गरेका छन् । चिकित्सक समेत रहेका पूर्व राष्ट्रपति यादवले शुक्रबार आफ्नो शरिरको ख्याल गरेर भएपनि आमरण अनसन तोड्न डा.केसीलाई आग्रह गरेका हुन् ।

डा केसी अनसन बसेको २४ औं दिन शुक्रबार उनको स्वास्थ्य अवस्था बुझ्न पूर्व राष्ट्रपति यादव शिक्षण अस्पताल पुगेका थिए । त्यस अवसरमा उनले जीवन अमूल्य रहेकाले सत्याग्रह जारी राख्न तर अनसन भने तत्काल छाड्न डा. केसीलाई आग्रह गरे ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल रहेकाले आफूले तत्काल अनसन छाडन आग्रह गरेको पूर्व राष्ट्रपति यादवले बताए। उनले संचारकर्मीहरुमाझ डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

नागरिकको जीवन रक्षा गर्ने पहिलो कर्तव्य सरकारको भएको उल्लेख गर्दै पूर्व राष्ट्रपति यादवले सोही दायित्व पूरा गर्न पनि सरकारले छिटोभन्दा छिटो डा. केसीको जीवन रक्षाका लागि आवश्यक संवाद सुरु गरिहाल्नुपर्ने बताए ।

डा. केसी सरकारले आफूसँग गरेको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि आमरण अनसन नतोड्ने अडानमा छन् । बिहीबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि डा. केसीको स्वास्थ्य अवस्था बुझेपछि अनसन तोड्न आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);