दुई राप्रपाबीच एकता : पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

दुई राप्रपाबीच एकता : पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)

raprapra yekata

फूलमाया आले
काठमाडौं, १८ माघ
। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकता भएको छ । दुई राप्रपाले शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एकीकरण गरेको पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राखिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकता घोषणा भएको छ । पशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र डाक्टर प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राप्रपा राष्ट्रवादीको पार्टीलाई एकीकरण गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) नाम राखिएको छ ।

पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष राणाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र कमल थापा नेतृत्वको राप्रपा लगायतलाई समेत आफ्नो पार्टीमा आउन आग्रह गरे । अध्यक्ष राणाले सरकारको दश महिने कार्यकाल शून्य अवस्थामा रहेको र सरकारले भ्रष्टाचार विकेन्द्रिकरण गरेर नगर र गाउँमा पु¥याएको आरोप लगाए । उनले अबको दिनमा सरकारका विरुद्ध सडकमा उत्रने समेत चेतावनी दिए ।

नेपालमा संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको मुद्दा उठाउन आवश्यकताको मान्यताको आधारमा समझदारी भएर पार्टी एकता भएको कार्यक्रममा अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले बताउनुभयो । उहाँले पनि भ्रष्टाचार र अधिनायकवाद विरुद्ध देशभर विरोध गर्ने चेतावनी दिए ।

त्यस्तै यी दुई पार्टीको एकता भएपनि दुवै पार्टीका केही नेताहरु भने एकताप्रति असन्तुष्टि छन् । पार्टीले एकतापछि असन्तुष्ट रहेका नेता तथा कार्यकतालाई पनि पार्टी भित्र ल्याउने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता, राजेन्द्र गुरुङको दाबी छ ।

त्यस्तै संयुक्त पार्टीको चुनाव चिह्न हलो राखिएको छ । पार्टीमा राणा र लोहनी दुवै अध्यक्ष रहेका छन् । वैकल्पिक राजनीतिका लागि सबै राप्रपा एक हुने र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि एकीकरण गर्ने भन्ने चर्चा भएपनि शुक्रबार भएको पार्टी एकता घोषणामा त्यो हुन सकेन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);