राप्रपाको एकीकरण प्रक्रिया अलमलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

राप्रपाको एकीकरण प्रक्रिया अलमलमा

raprapa

काठमाडौं, २१ साउन । तीन राप्रपाको एकीकरण प्रक्रिया अलमलमा परेको छ ।

कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), पशुपतिशमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) लाई पुनः एकीकृत गरी अघि बढ्ने कुरा अलमलमा परेको छ ।

पछिल्लो समय राप्रपा र राप्रपा प्रजातान्त्रिक एकीकरण गर्ने भनी दुईवटै पार्टीले वार्ता समितिसमेत गठन गरेका थिए । राप्रपाले बुद्धिमान तामाङको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो भने राप्रपा प्रजातान्त्रिकले दीपक बोहोराको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);