तीनवटा राप्रपा पुनः एकीकरण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

तीनवटा राप्रपा पुनः एकीकरण हुँदै

raprapa

काठमाडौं, २४ कात्तिक । प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यअनुसार विगतमा जुट्दै र फुट्दै आएका तीनवटा राप्रपा पुनः एकीकरण हुने भएका छन् । चुनावमा नराम्रो पराजय व्यहोरेपछि तीन राप्रपाबीच पुनः एकताको प्रयास थालिएको छ । एकताका लागि तिनै राप्रपाका नेताहरुले एक आपसमा भेटघाट समेत गरेका छन ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पुनः एकीकरणको गृहकार्य सुरु भएको हो ।

गत वर्षको साउन तेस्रो साता पशुपति शमशेर राणाले कमल थापा नेतृत्वको राप्रपा विभाजन गरेर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका थिए । यसअघि नै डा. प्रकाशचन्द्र लोहनीले कमल थापाले पार्टीलाई मनपरी ढंगले सञ्चालन गरेको आरोप लगाउँदै पार्टी परित्याग गरी राप्रपा राष्ट्रवादी पार्टी गठन गरेका थिए ।

एकताका लागि राप्रपा अध्यक्ष कमल थापा, प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राष्ट्रवादीका डा. प्रकाशचन्द्र लोहनीबीच पटक पटक छलफल भएको नेताहरूले बताएका छन् ।

एकताका लागि आफुहरुविच भेटघाट भएको बताउदै राजसंस्थाप्रतिको जनआधार भएकोले कमल थापा नेतृत्वको राप्रपाको सिद्धान्तसंग सहमत हुने ठाउँ रहेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले बताए ।

लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेका भनिएका प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा समेत संवैधानिक राजतन्त्र स्वीकार गर्न तयार देखिएपछि राप्रपा एकिकरणको संभावना बलियो बन्दै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);