राप्रपा (प्रजातान्त्रिक)का नेता दीपक बोहोरा सहित ५१ जना राप्रपामा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

राप्रपा (प्रजातान्त्रिक)का नेता दीपक बोहोरा सहित ५१ जना राप्रपामा प्रवेश

काठमाडौं, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष दीपक बोहोरा सहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

आइतवार काठमाडौंमा प्रत्रकार सम्मेलनको आयोजना गरी पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष बोहोरासहितका ५१ जना केन्द्रिय सदस्यहरु कमल थापा नेतृत्वको राप्रपा प्रवेश गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता, प्रजातन्त्र र मुलुकलाई एकता बनाउन राष्ट्रवादी शक्तिहरुबीच एकता हुुनुको विकल्प नरहेको बताए ।

त्यसैगरी कार्यक्रममा अर्का नेता दिपक बोहोराले राष्ट्रिय प्रजातन्त्र पार्टीको विगतको साखलाई जोगाई राख्न पनि पशुपति शमशेर राणा र डाक्टर रामशरण लोहनीलाई पार्टी एकताका लागि आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);