तीनवटा राप्रपा पुनः एकीकरण, अडकिए चुनाव चिन्हमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तीनवटा राप्रपा पुनः एकीकरण, अडकिए चुनाव चिन्हमा

kamal thapa

काठमाडौं, २६ कात्तिक । प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यअनुसार विगतमा जुट्दै र फुट्दै आएका तीनवटा राप्रपा पुनः एकीकरण लागि भैरहेको प्रयास चुनाव चिन्हमा आएर अडकिएको छ ।

चुनावमा नराम्रो पराजय व्यहोरेपछि तीन राप्रपाबीच पुनः एकताको प्रयास जारी रहेको नेताहरुले बताएपनि चुनाव चिन्हमा कुरा नमिल्दा अन्तिम समयमा आएर एकता प्रकृया विथोलिएको छ ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पुनः एकीकरणको गृहकार्य सुरु भएको थियो । चुनावमा भएको पराजयपछि एकताको प्रकृया थालेका तीन राप्रपावीच चुनाव चिन्हकै विषयमा कुरा नमिलेपछि अन्तिम समयमा आएर एकता प्रकृया विथोलिएको हो । लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेका भनिएका प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा समेत राजसंस्थाप्रतिको जनआधार भएको भन्दै संवैधानिक राजतन्त्र स्वीकार गर्न तयार देखिएका थिए ।

गत वर्षको साउन तेस्रो साता पशुपति शमशेर राणाले कमल थापा नेतृत्वको राप्रपा विभाजन गरेर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका थिए । यसअघि नै डा। प्रकाशचन्द्र लोहनीले कमल थापाले पार्टीलाई मनपरी ढंगले सञ्चालन गरेको आरोप लगाउँदै पार्टी परित्याग गरी राप्रपा राष्ट्रवादी पार्टी गठन गरेका थिए ।

एकताका लागि राप्रपा अध्यक्ष कमल थापा, प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राष्ट्रवादीका डा। प्रकाशचन्द्र लोहनीबीच पटक पटक छलफल भएको नेताहरूले बताएका छन् । एकताका लागि आफुहरुविच भेटघाट भएको बताउदै राजसंस्थाप्रतिको जनआधार भएकोले कमल थापा नेतृत्वको राप्रपाको सिद्धान्तसंग सहमत हुने ठाउँ रहेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले बताए ।

राप्रपा एकिकरणको संभावना वलियो वन्दै गएको छ । अघिल्लो संविधान सभा निर्वाचनमा राम्रै उपस्थिति जनाएको राप्रपा फुटपछि कमल थापा नेतृत्वको पार्टीले १ मात्र सिट भएपनि जित्यो तर अन्य दुई राप्रपाले भने संघीय संसदमा उपस्थिति जनाउन पाएनन । देशमा दुई कम्युनिष्ट एकतापछि, राजासहितको प्रजातन्त्रमा आस्था राख्ने राप्रपा विचको एकता होला वा नहोला त्यसका लागि भने केहि समय पर्खनै पर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);