राप्रपा प्रजातान्त्रिक र नेपाली जनता दलबीच चुनावी तालमेल, चुनाव चिन्ह पांग्रो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, १४ भदौ । भर्खरै मात्र राप्रपाबाट छुटिएर बनेको नयाँ दल राप्रपा प्रजातान्त्रिक र नेपाली जनता दलबीच २ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र हरिचरण शाह नेतृत्वको नेपाली जनता दलबीच चुनाव चिन्हका सन्दर्भमा चुनावी तालमेल भएको हो।

 

गत सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट नेताहरू सुरेश आचार्य र बाबुराम बस्नेत तथा नेपाली जनता दलका अध्यक्ष शाह, नेतारू अजय क्रान्ति र दिपक ठाकुरबीच दलको कार्यालयमा तालमेल गर्ने निर्णय भएको हो। यसैबीच हिजो मंगलबार नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणबीच चुनावी तालमेलका विषयमा हस्ताक्षर भएको छ ।

 

दुई दलका बीच भएको लिखित् सहमतिअनुसार अब राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक नेपाली जनता दलको चुनाव चिन्ह पांग्रा चक्का छाप लिएर दुई नम्बर प्रदेशका ८ जिल्लामा स्थानीय तहमा चुनाव लड्ने छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);