लोकतान्त्रिक फोरमका उपाध्यक्ष आज माओवादीमा प्रवेश गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार
काठमाडौं, १४ भदौ । नेपाल लोकतान्त्रिक फोरमबाट राजीनामा दिएका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव आज माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्।
 
आज सर्लाहीमा हुने एक कार्यक्रमकाबीच उनी आफ्ना नेता तथा कार्यकर्ताका साथ माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन्।
 
यादवले पार्टीका अध्यक्ष विजयकुमार गच्छदारमाथि छ बुँदे आरोप लगाउँदै साउन २४ गते नै आफ्नो पदबाट राजिनामा दिएका थिए। उनको राजीनामा भदौ आठ गते बसेको पार्टीको कार्य सम्पादनको बैठकले स्वीकृत गरिसकेको छ।