मधेसका लोकप्रिय भनिएका नेताहरु माओवादीमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं, १६ भदौ  । आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर दुई नम्बर प्रदेशका मधेसी नेताहरुले पार्टी बदल्ने क्रम तीर्व भएको छ। मधेसका केही लोकप्रिय भनिएका नेताहरु केही समययता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

 

फोरम नेपालका सहअध्यक्ष रामेश्वर राय यादव, सद्भावना पार्टीका संस्थापक अनिस अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही दिनअघि मात्र नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

यसैगरी नयाँ शक्तिबाट महेन्द्र पासवान माओवादीमा प्रवेश गरेका छन्। रामेश्वर, अनिस अन्सारीलगायतका नेताहरुलाई पार्टीमा प्रवेश गराउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुई नम्बर प्रदेशमै पुगेका थिए।

माओवादी केन्द्रमा प्रवेश गरेका रामेश्वर राय यादवले फोरम लोकतान्त्रिक भन्दा माओवादी केन्द्रको आदर्श, विचार र सिद्धान्त मन परेको बताए। ‘म व्यक्तिगत स्वार्थका लागि माओवादी केन्द्रमा प्रवेश गरेको होइन। आदर्श र सिद्धान्तका लागि गएको हुँ’, उनले भने। आजको नागरिक दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);