निगम जग्गा खरिद घोटाला : सांसदलाई सुरक्षा थ्रेट, विभिन्न समूह मार्फत अनावश्यक दबाब | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

काठमाडौँ, १७ भदौ । नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबीन गर्ने सांसदले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको बताएका छन् । घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दे आएका निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले अरुलाई प्रयोग गरेर छानबिन अघि नबढाउन सांसदलाई नै दबाब दिएर मनोवैज्ञानिक त्रास बढाउन थालेका हुन्।

 

यसअघि पत्रकारलाई धम्की दिएका खड्काले पछिल्लो पटक शक्ति दलाल समूमार्फत दबाब दिएको सांसदले बताए । स्थलगत अध्ययन गरेर राजधानी फर्किएका उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद रामवीर मानन्धरले आफूमाथि सुरक्षा चुनौती थपिएको बताएका छन् ।

 

उनले भने, विभिन्न मान्छेमार्फत फोन गराएर अनावश्यक दबाब आइरहेको छ । आजको नागरिक दैनिकले खबर छापेको छ।