सम्पूर्ण भारतीयलाई लज्जित बनाएको एउटा आत्मदाह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सम्पूर्ण भारतीयलाई लज्जित बनाएको एउटा आत्मदाह

एजेन्सी । भारतमा बलात्कार पीडित एक युवतीले गत साता आत्मदाह गरेको घटनाले आमभारतीयको ध्यानकर्षण मात्र गरेको छैन, बलात्कार र हत्या जस्ता अपराध छिपाउन शक्तिको आडमा नेताले कतिसम्म दबाब दिन्छन् भन्ने दृष्टान्त छर्लङ्ग पारेको छ । न्याय नपाएपछि युवतीले सत्यतथ्य छानबिनको जिम्मा सर्वसाधारणलाई सुम्पँदै आफूले मृत्यु रोज्नु परेको बाध्यतालाई पनि घटनाले उजागर गरेको छ ।

पीडित युवतीले आफूमाथि एकजना सांसदले बलात्कार गरेको आरोप लगाउँदै आएकी थिइन् । सांसदको दबाबमा आफूलाई प्रहरी प्रशासन र न्यायपालिका दुबैले अपहेलना गरेको पीडितले गुनासो गर्दै आएकी थिइन् । पीडित युवती र उनका केटा साथीले पेट्रोल खन्याएर संयुक्त रुपमा आत्मदाह गरी यस संसारबाट भौतिक रुपमा बिदा लिनुअघि १६ अगस्टमा फेसबुक लाइभ गरेका थिए । जलेर गम्भीर घाइते भएका उनीहरुलाई तत्काल अस्पताल लगिएको थियो । घाइतेमध्ये पुरुषको शनिबार र महिलाको मंगलबार मृत्यु भएको थियो ।

ती दुबैजना उत्तर प्रदेशबाट राजधानी नयाँ दिल्ली पुगेका थिए । ती महिलाले बहुजन समाजवादी पार्टी (बीएसपी) का सांसद अतुल राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । युवतीका अनुसार सांसदले दुई वर्षअघि आफ्नै घरमा लगेर युवतीलाई बलात्कार गरेका थिए । उनले सन् २०१९ को मेमा राईविरुद्ध प्रहरी कहाँ उजुरी दिएकी थिइन् । एक महिनापछि प्रहरीले राईलाई पक्राउ गरी जेल हालेको थियो । उनी विगत दुई वर्षदेखि जेलमा थिए ।

गत नोभेम्बरमा राईका भाइले प्रहरीमा उजुरी गर्दै महिलाले झुट बोलेको दाबी गरेका थिए । आफूमाथि लागेको आरोप गलत भएको युवतीले बताउँदै आएकी थिइन् । तर, यसै महिनाको सुरुमा एक अदालतले महिलाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको आदेशपछि युवती हतोत्साहित बनेकी थिइन् ।

आत्मदाह गर्नुअघि गरिएको फेसबुक लाइभमा युवतीले आफूलाई दुव्र्यबहार गर्न सांसदले शक्ति प्रयोग गरेको आरोप लगाएकी थिइन् । युवती र उनका केटा साथीले प्रहरी अधिकारी र न्यायाधीशसमेतले आरोपित सांसदसँग मिलेमतो गरी षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

उनीहरुले चाहेको गन्तव्यमा हामी जादैँछौंं । विगत डेढ वर्षको प्रयासपछि उनीहरुले हामीलाई यो अवस्थामा पु¥याए’ शरीरमा पेट्रोल खन्याउनु अघि उनीहरुले भनेका थिए , ‘अधिकारीहरुले हामीलाई सन् २०२० को नोभेम्बरदेखि मर्न बाध्य पारेका थिए । यसबारेमा उत्तर प्रदेश र सम्पूर्ण देशका नागरिकहरुले हाम्रो आवाज सुनून् भन्न चाहन्छु ।’ उनीहरुको मृत्युले सम्पूर्ण भारतीयलाई लज्जित बनाएको विश्लेषकहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);