पूर्वी अफ्रिकी मुलुक म्याडग्यास्करमा भोकमरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

पूर्वी अफ्रिकी मुलुक म्याडग्यास्करमा भोकमरी

एजेन्सी । पूर्वी अफ्रिकी मुलुक म्याडग्यास्कर जलवायु परिवर्तनका कारण उत्पन्न संकट भोकमरीको सँघारमा पुगेको छ ।

चार वर्षदेखि वर्षा नभएकाले म्याडग्यास्करका हजारौँ जनता डरलाग्दो भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएको राष्ट्रसंघले जनाएको छ । चार दशकको सबैभन्दा खराब सुक्खाबाट त्यहाँका बासिन्दा किराफट्याङ्ग्रा समेत खान बाध्य भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी शेली ठकरालले भोकमरीजस्तो अवस्था द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको बताए । अहिले ३० हजार मानिसले खतराको सूचीमा रहेको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसंघको आँकलन छ ।

बाली बिग्रेकाले म्याडग्यास्करका बासिन्दा किरा र सिउँडीको पात खान बाध्य छन् । निरन्तरको अनावृष्टिले देशको दक्षिणी भेगमा माटो सुकेको छ । अहिले सुक्खाको प्रभाव दक्षिण म्याडग्यास्करका ठूला सहरहरूमा पनि देखा पर्न थालेको छ ।

त्यहाँ धेरै बालबालिकाहरू सडकमा खानेकुरा माग्दै हिँडेको देखिन्छ । बजारमा मूल्य बढिरहेकाले मानिसहरू खानेकुरा किन्न आफ्नो जग्गाजमिन बेचिरहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);