राष्ट्रसंघको सुरक्षा परिषदमा चार सदस्य राष्ट्र निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

राष्ट्रसंघको सुरक्षा परिषदमा चार सदस्य राष्ट्र निर्वाचित

एजेन्सी, ४ असार । संयुक्त राष्ट्रसंघको साधारणसभाले २०२१/२२ का लागि सुरक्षा परिषदमा चार सदस्य राष्ट्र निर्वाचित भएका छन् । राष्ट्रसंघको सदस्यका लागि भएको निर्वाचनमा सदस्य राष्ट्रहरुमा भारत, मेक्सिको, नर्वे र आयरल्याण्ड निर्वाचित भएका हुन् ।

निर्वाचनमा आयरल्याण्ड र नर्वेले क्यानडालाई पराजित गरेका छन् । एशिया प्रशान्त क्षेत्रमा विस्तारित सुरक्षापरिषदको स्थायी सिट जित्ने प्रयास गरिरहेको भारतले १८४ मत प्राप्त गरेको जनाइएको छ । मेक्सिकोले १८७ मत प्राप्त गरेको छ ।

अफ्रिकी राष्ट्रहरुले विगतमा आफ्नै उम्मेद्वार खडा गरेपनि यस पटक भने कुनै पनि देश राष्ट्रसंघमा आउन सकेनन् । केन्याले जिबुतीविरुद्ध ११३ मत प्राप्त गरेको छ । केन्याले अफ्रिकी संघको समर्थनको लाभ लिएपनि जिबुतीले भने नाइरोबीको विगतमा सुरक्षा परिषदमा भएको सहभागिताको परिणाम आफू विजयी भएको दावी गरेको छ ।

फ्रेन्च भाषी जिबुती र अंग्रेजी भाषी केन्या दुवैले अफ्रिकाका द्वन्द्वरत मुलुकहरुमा शान्ति स्थापना गर्न आफ्नो भूमिका खोजेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सन् २०१० मा सुरक्षा परिषदमा भएको निर्वाचनमा क्यानाडालाई पोर्चुगलले पराजित गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);