संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मामा युद्धविराम गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मामा युद्धविराम गर्ने सहमति

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सिरियामा जारी हिंसा रोक्न एक महिनाका लागि युद्धविराम गर्ने सहमति भएको छ । सुरक्षा परिषद्को बैठकमा सिरियामा ३० दिनका लागि युद्धविराम गर्न गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

syria

एजेन्सी, १३ फागुन । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सिरियामा जारी हिंसा रोक्न एक महिनाका लागि युद्धविराम गर्ने सहमति भएको छ । सुरक्षा परिषद्को बैठकमा सिरियामा ३० दिनका लागि युद्धविराम गर्न गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

सुरक्षा परिषद्का १५ सदस्य मुलुकले सिरियाको हिंसा प्रभावित क्षेत्रमा सहायता र औषधि पुर्याउने पक्षमा मत हालेका छन् । सुरक्षा परिषद्मा सिरिया सरकारले विद्रोहीलाई नियन्त्रणमा लिन भन्दै गोटा क्षेत्रमा हवाइ र रकेट आक्रमण जारी राखेको छ ।

आक्रमणमा परी ५ सय भन्दा बढीको ज्यान गइसकेको छ एक हजारभन्दा बढी घाइते भएका छन् । गोटा क्षेत्रमा आक्रमण रोक्नका लागि राष्ट्रसंघको सुरक्षा परिषद्मा गत विहिबार पेश भएको प्रस्तावमा सिरिया सरकारलाई समर्थन गर्दै आएको रुसले असहमति जनाएको थियो ।

तर पीश्चमा कुटनीतिज्ञहरुले युद्धविराम गर्न ढिलाइ गरे आक्रमण जारी राख्न सहयोग गरेजस्तो देखिने भन्दै आलोचना गरेपछि रुस अन्तिममा युद्धविरामका लागि सहमत भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);