सिरियामा जारी संघर्ष रोक्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा राखिएको प्रस्तावमा रुसको असहमति, | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिरियामा जारी संघर्ष रोक्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा राखिएको प्रस्तावमा रुसको असहमति,

सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।

russia

काठमाडौं, ११ फागुन । सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन भएको छ । बैठकमा सिरियामा जारी संघर्ष रोक्न ३० दिनका लागि युद्धविराम गर्न गरिएको प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण पारित प्रस्ताव पारित हुन सकेन । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सिरियामा मानवतावादी युद्धविरामका लागि तयार नभएको बताएको छ ।

युद्धविराम सम्बन्धमा स्वीडेन र कुबेतले अलग्गै प्रस्ताव पेश गरेकामा रुसले उक्त प्रस्ताव संशोधन गर्नुपर्ने बताएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि वेस्ली नेबेनज्याले संघर्ष रोक्ने वास्तविक उद्देश्यले प्रस्ताव नआएको बताए । उनले युद्धविरामका लागि निकै चुनौती रहेको भन्दै निर्णयका लागि निर्णय गर्न रुस तयार नरहेको बताए ।

पश्चिमा देशका प्रतिनिधिहरुले भने रुसी रवैयाको विरोध गरेका छन् । उनीहरुले सिरियाली सरकारको समर्थनमा बोल्दा युद्धविराममा ढिलाइ हुने बताए । सिरियाली सरकारले विद्रोही नियन्त्रित गुटा क्षेत्रमा पछिल्लो पाँच दिनदेखि लगातार बमबारी जारी राखेको छ । बमबारीमा परेर अहिलेसम्म ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);