सिरियामा संकट चुलियो, शान्ति वार्ता भने नभाँडिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिरियामा संकट चुलियो, शान्ति वार्ता भने नभाँडिने

सिरियाको होम्स सहरमा बन्दुधारीद्वारा प्रहरी चौकीमा आक्रमण, कम्तिमा ३२ जनाको मृत्यु, घटनाको जिम्मेवारी विद्रोही संगठन तहरिर–अल–शामले लियो

सिरियामा संकट चुलियो

काठमाडौं । सिरियाको होम्स सहरमा बन्दुधारी तथा आत्मघाती आक्रमणकारीले सुरक्षा चौकीलाई लक्षित गरी आक्रमण गरेका छन् ।

आक्रमणमा परि कम्तिमा ३२ जनाको मृत्यु भएको सिरियाको सरकारी टेलिभिजनले जनाएको छ । आक्रमणमा मृत्यु हुनेमा सिरियाली सेनाको गुप्तचर विभागका एक स्थानीय अधिकारी पनि रहेका छन् ।

बिद्रोही संगठन तहरिर–अल–शामले आक्रमणको जिम्मेवारी लिएको छ । इस्लामिक स्टेट आइएसको कब्जामा रहेको होम्स शहर सन् २०१५ को डिसेम्बरदेखि सरकारी सेनाको नियन्त्रणमा छ ।

होम्समा रहेका अरु बिद्रोही समूह युद्धविराम सम्झौता अनुसार त्यहाँबाट गएका थिए । तर अहिले आक्रमण भएपछि होम्समा फेरि संघर्ष सुरु हुने आशंका बढेको छ । सिरिया सरकारले आक्रमणको जवाफ दिने बताएको छ ।

सिरियामा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको पहलमा जेनेभामा वार्ता हुँदै आएको छ । पछिल्लो आक्रमणले वार्ताको वातारण विगारेको सरकारी पक्षको भनाई छ ।

तर सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत स्टीफन डि मिस्टुराले आक्रमणको असर जेनेभामा जारी शान्ति वार्तामा नपर्ने आशा व्यक्त गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);